Government of Nepal Logo
Government of Nepal Logo
नागरिक वडापत्र

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ

नागरिक वडापत्र

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी सम्बन्धमा सूचना

2078-10-06

2078-10-06


राहदानी विभागको अत्यन्त जरुरी सूचना !

कोभिड १९ सम्बन्धी नेपाल सरकारको मिति २०७८।९।३० को निर्णय तथा विभागका कर्मचारीहरुमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा उपचार गर्न जाने जस्ता गम्भिर प्रकृतिका अत्यावश्यक सेवा बाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ । यस पूर्व विभागले दिएको बुकिङ्ग तथा टोकन हाललाई स्थगन गरिएको छ । अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने छ । विदेशमा उपचारको लागि जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा यस इमेलमा (emergency@nepalpassport.gov.np) अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारण सहित अनुरोध गर्न सकिने छ । सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदन बारे विभागले दुई कार्य दिन भित्र इमेलबाटै जानकारी गराउने छ । निवेदन स्वीकृत भएका सेवाग्राहीले इमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न आउन अनुरोध गरिन्छ ।
जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहनेछ ।
कोभिड १९ को तेश्रो लहरका कारण गर्नुपरेको सेवाप्रवाहको यो वैकल्पिक प्रवन्धबाट पर्न जाने असुविधाप्रति विभाग क्षमापार्थी छ ।

पछिल्लो अपडेट गरिएको : 2083-02-01 10:45:41

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ .