नेपालको सुदुर पूर्वी हिमाली जिल्ला ताप्लेजुङ्गको नामाकरण “ताप्ले” नाम गरेको भुटिया राजाको “जोङ्ग”(किल्ला) बाट रहन गएको हो भन्ने कथन पाईन्छ । अर्को शब्दमा “ताप्ले” भनेको घोडा र “जुङ्ग” भनेको चराउने ठाउँ भन्ने कथन रहेको पाईन्छ । यो जिल्ला नेपालको प्रदेश नं. १ अन्तर्गत मेची अञ्चलको पूर्वोत्तर भागमा अवस्थित जिल्ला हो, जहाँ विश्वको तेस्रो तथा नेपालको दोस्रो उच्च हिमाल, विश्वकै सबैभन्दा सुन्दर कहलिएको “सिङ्गलिला” हिमश्रृङ्खला रहेका छन् । चीनको स्वशासित प्रान्त तिब्बतको ल्हासाबाट सबैभन्दा नजिक पर्ने नेपालको जिल्ला पनि यही नै हो । यस जिल्लामा प्रसिद्ध पाथीभरा देवीको मन्दिर, करिव ६०० वर्ष पुरानो डिकी छ्योलिङ गुम्वा रहेको पाइन्छ । राणाकालमा समेत विभिन्न अड्डा अदालत रहेको यस जिल्लालाई बुढापाकाहरु “अमिनी” नामले समेत चिन्ने गर्दछन् ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ
Powered By: ProActive Developers