Government of Nepal Logo
Government of Nepal Logo
Citizen Charter

Ministry of Home Affairs

District Administration Office, Taplejung

Citizen Charter

Ministry of Home Affairs

District Administration Office, Taplejung

Low Bandwidth Invert Color A- A A+

Introduction to Taplejung 2075-07-12

नेपालको सुदुर पूर्वी हिमाली जिल्ला ताप्लेजुङ्गको नामाकरण “ताप्ले” नाम गरेको भुटिया राजाको “जोङ्ग”(किल्ला) बाट रहन गएको हो भन्ने कथन पाईन्छ । अर्को शब्दमा “ताप्ले” भनेको घोडा र “जुङ्ग” भनेको चराउने ठाउँ भन्ने कथन रहेको पाईन्छ । यो जिल्ला नेपालको प्रदेश नं. १ अन्तर्गत मेची अञ्चलको पूर्वोत्तर भागमा अवस्थित जिल्ला हो, जहाँ विश्वको तेस्रो तथा नेपालको दोस्रो उच्च हिमाल, विश्वकै सबैभन्दा सुन्दर कहलिएको “सिङ्गलिला” हिमश्रृङ्खला रहेका छन् । चीनको स्वशासित प्रान्त तिब्बतको ल्हासाबाट सबैभन्दा नजिक पर्ने नेपालको जिल्ला पनि यही नै हो । यस जिल्लामा प्रसिद्ध पाथीभरा देवीको मन्दिर, करिव ६०० वर्ष पुरानो डिकी छ्योलिङ गुम्वा रहेको पाइन्छ । राणाकालमा समेत विभिन्न अड्डा अदालत रहेको यस जिल्लालाई बुढापाकाहरु “अमिनी” नामले समेत चिन्ने गर्दछन् ।


Last Updated : 2083-02-01 10:45:41

© All Rights Reserved to District Administration Office, Taplejung .