नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
ताप्लेजुङ


  परिचय

“ ताप्ले” नाम गरेको राजा र जोङ (किल्ला) बाट ताप्लेजुङ नाम रहन गएको,यो जिल्लाको कुल क्षेत्रफल ३६४६ वर्ग किलोमिटर छ। उत्तरी अक्षांस २७० १५” र २७० ५७” र पूर्वी देशान्तर ८७० २७” र ८८० १२” बिच समुन्द्री सतह ७७७ मिटर देखि ८५८६ मिटर कञ्चनजंगा हिमाल सम्मको उचाइमा यो जिल्ला अवस्थित रहेको छ औषत तापक्रम ११.३० सेल्सियस (न्यूनतम ० डीग्रि सेल्सियस (पुस), अधिकतम ३० डिग्री सेल्सियस (जेष्ठ), वर्षा औषत १४४० मिलिममिटर रहेको छ। यो जिल्लालाई २ निर्वाचन क्षेत्र, ११ ईलाका, ४८ गा॰वि॰स॰ र १ नगरपालिका मा विभाजन गरिएको छ भने  ताप्लेजुङ्ग नगरपालिका फुङ्लिङ बजार यो जिल्लाको सदरमुकाम हो । यो जिल्लाको उत्तरमा चिनको तिब्बत, पुर्वमा भारतको सिक्किम, पश्चिममा संखुबासभा, दक्षिणमा तेह्रथुम र पाँचथर जिल्ला पर्दछ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कंचनजंघा (८५८६ मिटर) र अन्य ७००० मिटर भन्दा अग्ला धेरै हिमालहरु रहेको जिल्ला, विश्वको सबैभन्दा लामो र ठुलो ग्ल्यासियर भएको, नेपालको सबैभन्दा धेरै हिमताल लगभग ३००, नेपालमा सर्वप्रथम सुर्यदय हुने, जैविक विविधता, प्राकृतक सुन्दरता, धार्मिक, ऐतिहासिक, जलस्रोतको धनी, बहुजाति, बहुभाषीक, बहुसांस्कृतिक आदिको संगम स्थलको रुपमा ताप्लेजुङलाई लिन सकिन्छ।

मुख्य हिमालहरु:

कंचनजंघा हिमश्रृंखला भित्र पर्ने कंचनजंघा हिमाल ८५८६ मिटर यो हिमाल विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो। यो हिमश्रृंखलाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पुर्वमा भरतको स्वशासित क्षेत्र सिक्किम पर्दछ। यो हिमश्रृंखलामा विश्वको सबैभान्दा धेरै ७००० मिटर भन्दा अग्ला हिमालहरु छन्। जसमा काम्बाचेन ७९०२ मिटर, जानु ७७१० मिटर, जोसाङ ७४८४ मिटर, टेन्ट पिक ७३६५ मिटर, कावु७३५३ मिटर, यालुङ ७३४२ मिटर, किरातचुलि ७२१५ मिटर, प्यारामिड पिक ७१२३मिटर, जनक (कुम्भकर्ण) ७०९० मिटर, टुविन्स ७००४ मिटर, कंचनजंघा पश्चिम ८५०५ मिटर र दक्षिण ८४७६ मिटर रहेको छ।

धार्मिक स्थलहरु:

पाथिभरा देवी:

धार्मिक दृष्टिकोणले पनि ताप्लेजुङ निक्कै प्रख्यात छ । यहाँ धार्मिक तथा ऐतिहासिक स्थलहरु मठमन्दिर, गुम्बा प्रशस्तै छन् ।जसमध्ये ३७९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिर क्षेत्र धार्मिक पर्यटकिय तथा जैविक विविधताको दृष्टिकोणले प्रसिद्ध छ। यो मन्दिर ताप्लेजुङ बजार देखि पूर्वोत्तर करिब १७ किलोमिटरको दुरिमा पर्दछ ।अन्नले भरिएको पाथीको आकृतिमा देखिने शिखरमा मन्दिर रहेकोले यो स्थललाई पाथीभरा भनिएको हो। यो मन्दिर क्षेत्रबाट नेपालका धेरै हिमश्रृंखला र कंचनजंघा हिमश्रृंखलालाई अझ नजिकबाट अवलिकन गर्न सकिन्छ । यहाँबाट पुर्वी नेपालको धेरै भु – भाग र भारतको दार्जिलिङ समेत देख्न सकिन्छ ।यो क्षेत्रमा २४/२५ प्रजातिको लालिगुरास, चिराइतो, बुढो ओखती, हङचुर जडिबुटि र हाब्रे (रेडपाण्डा), भालु, डाँफे, मुनाल, जस्ता वन्यजन्तु र चराचुरुङ्गी पाउन र अवलोकन गर्न सकिन्छ ।

हिमताल, पोखरी र झरनाहरु:

नेपालको सबैभन्दा धेरै ताल तलैया तथा हिमताल भएको जिल्लाको रुपमा ताप्लेजुङ्गलाई चिनिन्छ। ३०० भन्दा धेरै हिमतालहरु मध्ये तिम्बुङ पोखरि कालिखोला गा.वि.स.मा पर्ने धर्मिक, जैविक तथा साँस्कृतिक महत्वको सिमसार क्षेत्र हो। सिमसार सम्बन्धी जैविक सञ्चारको छाँयामा परेको तिम्बुङ पोखरी कन्चनजङ्गा संरक्षण क्षेत्रभन्दा बाहिर पर्ने पवित्र पोखरी हो।

किरात लिम्बु भाषामा तिम्बु भन्नाले “पोखरीमा टिल-पिल हुने गरी पानि हुनुवा भरिनु” हो। उक्त पोखरि भरी पानी जमेको वर्ष गाँउघरमा अन्नपातको उब्जनी राम्रो हुने कुरामा स्थानीय बासिहरु गहिरो विश्वास राख्छन्।

फुङ्लिङबाट पैदल बाटो – हान्द्रुक- खोक्लिङ्ग – लिवाङ-साँवा – फुङ्फुङ्गे झरना (करिव २ दिन)

  • मिति २०७३-०३-२८ गते देखि ३०७३-०३-३० गते सम्म बसेका २०७३-४-१४

    २०७३-०३-२६ गतेको निर्णय निर्णय – १ मिति २०७३-०३-२६ गते विहान अन्दाजी २ः०० बजे सावादिन गा.वि.स. र खोक्लिङ्गको गा.वि.स. विचमा पर्ने नाक्लाभिरमा पहिरो गई तमोर नदि आंशिक रुपमा थुनिएकोमा त्यहाँको अवस्थाबुझी तत्काल नेपाल प्रहरी, नेपाली शेना, रेडक्रस, सशस्त्र प्रहरी स्थलगत खटाइएको र स्थानीय बासीन्दाहरुलाई सचेत गराई आवश्यक सहयोग र सुचनाको लागि स्थलगत रुपमा नेपाल प्रहरीको टोली क्याम्प खडा गरी बसेको । तल्लो तटीय क्षेत्रमा बाढीले असर गर्न सक्ने भनी ताप्लेजुङ्ग, तेह्रथुम, पाँचथर र धनकुटा जिल्लामा एफ.एम. टेलीफोन र सम्बन्धीत सरोकारहरु मार्फत सचेत गराईएको बैठकमा जानकारी गरियो ।   निर्णय नं.–२ सो निर्णय १ मा उल्लेखीत अवस्थाबाट निर्माण भएको पानीको ड्याम्पमा केकती…

  • २०७३-०४-०३ कार्यालय प्रमुखहरुकाे बैठककाे निर्णाय २०७३-४-१७

    निणर्यहरु   निणर्य नं. १) अघिल्लो महिनाहरुमा कार्यालय प्रमुखको बैठकमा भएका निर्णयहरुको समिक्षा गरियो । निणर्य नं. २)  क्षेत्रिय प्रशासन कार्यालय धनकुटाको मिति ३०७३।०३।०६ गतेको च.नं. १३२८, मिति २०७३।०३।०७ गतेको च.नं.  १३३१,२०७३।०३।१५ गतेको च.नं. १३७९, मिति २०७३।०३।१५ गतेको च.नं.१३८४ र गृह मन्त्रालयको        मिति २०७३।०३।०७ गतेको च.नं.९६३ को प्राप्त पत्रका विषयमा बैठकमा जानकारी गराइयो । निर्णय ३) संयुक्त बजार अनुगमन र सम्वन्धित कार्यालयको नेतृत्वमा हुने अनुगमन नियमितरुपमा गर्ने । यहि मिति २०७३।०४।०५ गते घरेलु तथा उद्योग विकास समितिको नेतृत्वमा ताप्लेजुङ्ग सदरमुकाममा अनुगमन गर्ने निर्णय ४)  सेवा प्रवाह तथा विकास निर्माण सन्चालन गर्ने सबै कार्यालयहरुले स्थानीय एफ.एम. रेडियोबाट गुनासो…

  • घरदैलाेमा सार्वजनिक सेवा प्रवाह २०७३-३-१६

    जिल्लाकाे हाड्पाड् र लेलेप गा‍.वि.स.मा गत वैसाख र जेठ महिनामा जिल्ला प्रशासन कार्यालयकाे अगुवाइमा घुम्ती सेवा सिविर सम्पन्न भएकाे छ । उक्त घुम्ती सेवा सिविरमा जिल्ला स्वास्थ्य कार्यालय जिल्लला पशु सेवा कार्यालय जिल्ला कृषी विकास कार्यालय महिला तथा बालबालिका कार्यालय जिल्ला निर्वाचन कार्यालय लगायतका कार्यालयकाे उपस्थिति रहेकाे थियाे । उल्लेखित स्थानमा तपशिलबमाेजिम नेपाली नागरिकताकाे प्रमाण पत्र गरिएकाे थियाे । स्थान मिति नागरिकता वितरण सड्ख्या (जनामा) कैफियत हाड्पाड् २०७३।०१।२६ र २७ २४६   लेलेप २०७३।०२।२२ र २३ १९३    

  • jilla taplejung २०७१-७-२९

    mechi anchal ma parchha

  • taplejung jilla २०७१-७-२७

    jilla taplejung.

  • म चक्र पाणी पाण्डे २०७२/११/२७ गतेदेखि २०७३/८/२४ गत --

     ‍‍‍ म चक्र पाणी पाण्डे २०७२/११/२७ गतेदेखि २०७३/८/२४ गतेसम्म रहँदा गरेको कार्यको स‌‍क्षिप्त विवरण

  • प्रेस विज्ञप्ति --

    नेपालीहरुकाे महान चाड तिहार २०७३ काे अवसरमा

  • 2073-07-03 को कार्यालय प्रमुख बैठक निर्णयहरु --

    १. गत महिनामा भएका निर्णयहरु समिक्षा गरियो । २. यस आ.व. मा दैवी प्रकोपबाट भएको कृषि, बाली तथा पशुधनको क्षतिको यकिन विवरण सम्बन्धित कार्यालयले जि.दै.प्र.उ.स.मा पेश गर्ने र आ–आफ्नो विभागबाट राहतका लागि रकम माग गर्ने । ३. बाढी पहिरोबाट क्षतिग्रस्त भएका सार्वजनिक भवन विद्यालय पूर्वाधारहरु सडक, झोलुङ्गे पुल, पुलेसा बाटो, खानेपानी सिंचाईका नहर ईत्यादि सम्बन्धित कार्यालयले समयमै मर्मत संभारको व्यवस्था मिलाउने । उक्त क्षेत्रहरुमा आ–आफ्नो कार्यालयबाट सचेतना लगायतका विशेष कार्यक्रमहरु संचालन गर्ने । ४. कार्यालय प्रमुखहरुले आफ्नो सम्बन्धित फिल्डका गतिविधिहरु बढाउने । ५. संयुक्त बजार अनुगमनलाई निरन्तरता दिने । ६. नियमित रुपमा बस्तु पर्ने विभिन्न संयन्त्र समितिको बैठक समयमै राख्ने…

  • वाढी पहिराे विवरण २०७३ भाद्र २०७३-५-२६

    मिति २०७३।०५।१८ गतेकाे पहिराेबाट भएकाे क्षतिकाे विवरण 

  • आर्थिक वर्ष २०७२-०७३ को प्रगति विवरण २०७३-४-१७

                                 आर्थिक वर्ष २०७२-०७३ को प्रगति विवरण क. प्रशासन शाखा क्र.स. कार्यको विवरण संख्या (आ.व.०७२-०७३) गत आ.व.को विवरण १ संस्था दर्ता २२   २ नावालक परिचयपत्र ३४   ३ विवाह दर्ता (शुरु तथा अरु) ५   ४ ठाडो उजुरी ५२   ५ पत्रपत्रिका दर्ता   ०   ६ छापाखाना दर्ता –   ७ विविध सिफारिस ६००      ८ तिब्बती शरणार्थीको परिचयपत्र नविकरण    -   ९ शरणार्थीको लागि यात्रा अनुमति पत्र सिफारिस -   १० हातहतियार नविकरण     ३८   ११ हातहतियार नामसारी १   १२ भू.पू सैनिक पेन्सन (सिफारिस…

  • DPRP तथा मनसुन पुर्व तयारी कार्य याेजना २०७३ --

    जिल्ला बिपद् व्यवस्थापन समितिको मिति २०७१।०३।११ को बैठकबाट  अध्यावधिक भएकोजिल्ला बिपद् व्यवस्थापन समितिको मिति २०७३।०३।१० को बैठकबाट  अध्यावधिक भएको ।

  • सूचना । सूचना ।। सूचना ।।। २०७१-१२-१०

    अाज मिति २०७१।१२।१० गते विहान ७ बजे जिल्ला विपद व्यवस्थापन समितिकाे वै‌ठक  वस्ने  भएकाेले जिल्ला सुरक्षाा समितिका पदाधिकारीहरु उपस्थितिकाे लागी अनुराेध छ ।

  • dhumrapan nished २०७१-७-२७

    dhumrapan nished

  • जि॰प्रशासन॰का॰ताप्लेजुङ्ग,वोलपत्र आव्ह्नको सूचना २०७०-१०-१९

    Government of Nepal District Administration Office Taplejung,Fungling Invitation for Bids Invitation for Bids : DAO/TAPLE/NCB/WORKS/ 1-070/71 Contract Identification No: dao/taple/ncb/work/ 1-070/71 Date of publication: 2070/10/19 1. Government of Nepal has allocated funds towards the cost of Construction of DAO office Building Taplejung and intends to apply the funds to cover eligible payments under the Contract for dao/taple/ncb/work/ 1-070/71. Bidding is open to all eligible Nepalese Bidders. 2. District Adminisration Office Taplejung,Fungling invites sealed bids from eligible bidders for the construction of the following work under National Competitive Bidding procedures. 3. Eligible Bidders may obtain further information and inspect the Bidding…

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय